म काे हु ? यसको कुनै उत्तर छ जस्तो त मलाइ लाग्दैन तर खोजिरहेको छु । सायद खोज्नु नै अर्थ पाउनु हो ।
मेरो सपना - आज एउटा सपना देखिन्छ भोलि अर्कै सपना हुन्छ अनि पर्सि अर्कै के यस्तो सपनालाई मेरो सपना र परिचय हो भन्नु मलाई लाग्छ सपना त्यो होइन जुन निद्रामा देखिन्छ सपना त त्यो हो जसले निद्रा नै लाग्न दिदैन त्यसैले दिउसै देखिने सपनाको पनि के भरोसा ?
मेरो पेसा – यो पनि मेरो पहिचान हुनै सक्दैन – त्यो मेरो पदमा हिजो अर्कै थियो, भोलि अर्कै आउने छ । क्षणिक परिचय दिएर के गर्ने ? भोलि बिहान उठ्दा त्यो पेसा र पदमा त अर्कै मान्छे हुनेछ, अनि झुटो बोल्यो भन्नुहोला फेरि यो एक दिनको पनि के परिचय।
मेरो शैक्षिक योग्यता – त्यस्ता ओभरसियर सर्टिफिकेट पनि त लाखौँसंग होला । अब ओभरसियर कसरि मेरो परिचय हो भन्नु?

शब्दमा धेरै ताकत हुन्छ , Struggle गरिरहेको कुनै व्यक्तिलाई तपाइको प्रोत्साहन ले उसलाई अझ हौसला दिन्छ। उसलाई माथी उठाउन मदत गर्छ त्यसैले तपाईं हमेशा सावधान हुनुस तपाईं के गरिरहनुभएको छ कसैको पनि नकारात्मक प्रतिक्रिया सुनेर आफुभित्र को उत्साह र हौसलाई नतोड्नुहोस । आफ्नो आशालाई बाहिर को हल्लाले कुन्ठित हुन नदिनहोस, हमेशा समस्याबाट गुज्रीरहेको व्यक्तिको लागि उत्साहबर्द्धक शब्द नै प्रयोग गर्नुहोस किनकी यसले त्यसलाई मुश्किलहरुसित लड्नको लागि हिम्मत मिल्नेछ र सकारात्मक सोचको साथ नयाँ संचार Communication भएर हिम्मत को साथ खडा हुन्छ र सबै मुश्किलहरुलाई डटेर सामना गर्न सक्छ
आज दुनियालाई यस्तो मान्छेको आवश्यकता छ जसले यो दुनियालाई बदल्न सक्छ , तपाईं पनि त्यो गर्न सक्नुहुन्छ ! यदि तपाइले आफुलाई यसको योग्य सम्झिनुहुन्न भने अलिकती सोच्नुस , यदि तपाईं होइन भने को ? अहिले होइन भने कहिले ? जेसुकै होस तपाइले यसलाइ गर्न सक्नुहुन्छ ,अहिले देखि नै शुरु हुनुस "
जुन चिजले हामीलाई"*Challenge*" गर्छ ,त्यहि चिजले हामीलाई "*Change "* गर्न सक्छ ,जुन कुराले हामीलाई "* Weak"* बनाएको छ , त्यही कुराले हामीलाई "*Strong "* बनाउन सक्छ ,,ईतिहास उसैले रच्दछ जो जिद्दी छ , एकशुत्रीय कुरामा अटल हुन्छ , एक दुई पटक को Rejection मा भाग्दैन, हजार पटक रिजेक्सन हुन सक्छ ,स्मरण रहोस :- Success is 99% Failure ," एक प्रतिशत सफलता उनान्सय प्रतिशत असफलता को परीणाम हो प्राय : मान्छेहरु जोखिम बाट भाग्नको लागि " Back up plan " बनाउछन । पछाडी फर्किने सारा बाटोहरु जलाइदिनुहोस लक्ष्य प्राप्त गर्ने समय मा आउने मुश्किल र प्रतिकुल अवस्थामा
" ब्याक अप प्लान " तपाईंको सबैभन्दा ठूलो कमजोरी बनेर तपाइलाई लक्ष्यबाट भट्काउन को लागि मजबुर गर्दछ । बिच बाटो बाट फर्किनुको कुनै फाइदा हुदैन किनकी फर्किदा पनि तपाइले त्यति नै दुरी पार गर्नुपर्ने हुन्छ जति दुरी त्यहा पुग्नलाई लाग्छ । जो व्यक्तिले वास्तव मै आफ्नो " उद्धेश्य " हासिल गर्न चाहन्छ भने उनिहरुसित कुनै पनि प्रकार को " ब्याक अप प्लान " हुदैन । सच्चा लिडर्स को लक्ष्य अटल हुन्छ र उसले पछाडी हट्ने सारा बाटो जलाइदिन्छ । त्यसैले कठिन परीस्थिती आउदा तपाइले बाटो बदल्ने अवस्था आउन सक्छ तर लक्ष्य होइन ।
म पनि मेरो जीवनको अर्थ खोज्दै हिडीरहेको छु ? मेरो जीवनको अर्थ? – ‘त्यो खोज्दै छु ।’ जीवनको अर्थ भेटिदैन….. त्यो सबलाई थाहा छ । तर खोजीरहेको छु, सायद खोज्नु नै अर्थ पाउनु हो – त्यसैले खोजीरहने छु पनि ।
No comments