न्यु अपडेट

विद्यासुन्दरलार्इ खुल्लापत्रः दिउँसै सडकले मान्छे निल्दा ‘स्मार्ट सिटी’ अबधारणाले गिज्याएन र ?

आदरणीय मेयर
विद्यासुन्दर शाक्य ज्यु, नमस्कार 
जहाँनिया राणा शासन, पञ्चायती व्यबस्था र राज्यतन्त्रको अन्य हुदै गणतन्त्रसम्म आइपुग्दा पाएको एउटा अघिकार अभिव्यक्ती स्वतन्त्रताको सदुपयोग गर्दै एउटा खुल्ला पत्र लेख्दै छु । तपाईसँग मेरो पत्र पढ्ने त समय छैन होला । तर पनि म अभिव्यक्ती स्वतन्त्रताको प्रयोग गर्दै केहि कुरा लेख्दै छु । कहाँबाट शुरु गरुँ म अलमलमा परेको छु । जहाँनिया राणा शासन, पञ्चायती व्यबस्था र राज्यतन्त्रको अन्य हुदै अहिले मुलुक यतिबेला २०६२/६३ को युगीन क्रान्तिका एजेण्डाहरु संस्थागत गर्ने अभियानमा होमिएको छ । संविधानअनुसार तीन तहको निर्वाचन सम्पन्न भएमात्र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त म्याण्डेट पुरा हुनेछ र लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत हनेछ । अहिले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेको छ । तपाई पनि स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधी हो ।
मेयर ज्यु काठमाण्डौँ महानगरमा स्मार्ट सिटीको अबधारणाभन्दा पहिले धैरै कुराको समाधान गर्नुपर्ने देखिन्छ । पहिले सडक सडकका खाल्डाहरु पुर्नुहोस् पैदल यात्रुका लागि सडका पेटी लागाएर वृक्षारोपन गर्नुहोस्, फुटपाथहरु व्यवस्थित गर्नुहोस्, सडक सडकको दुर्गन्ध र फोहोर व्यवस्थापन गर्नुहोस्, महानगरका सवारीचापको व्यवस्थापन गर्नृहोस् अनि मात्र स्मार्ट सिटीमा प्रवेश गर्नुहोस् । मेयर साब तपाई जनताको प्रतिनिधी हो त्यसैले पार्टीको गुलाम होईन जनताको गुलाम भएर काम गर्नुहोस् । असम्भब कमि केहिको छैन । कमि छ त केवल गर्छु भन्ने चाहनाको । अहिले दिनहु विकास निमार्णको नाममा १० र्आै अर्व रकम फालाफाल भैरहेको छ । वजेट सिध्याउने खेल चलिरहेको छ ।
हामी विभिन्न सक्रमण कालहरु पार गर्दै यहाँसम्म आइपुग्दा के पायौँ जनताले के पाए ? सायद यो विषयमा कसैले सोचेनौँ । हामीले यहाँसम्म आईपुग्दा पाउने भन्दा पनि धैरै गुमायौँ । हामीले कालापानी गुमायौ, हामिले टनकपुर गुमायौ, कोशी महाकाली पनि गुमायौँ यति मात्र होईन अझ धेरै कुरा गुमाएका छौ । देशमा भएका ठुला उपलब्धी र विकास सबै कि त राणा शासणको बेला भएका छन् । त कति पञ्चायत र राजतन्त्रमा भएका छन् त्यो भन्दा पछाडि हामीले पाउने भन्दा धेरै गुमायौँ । हामीले विराटनगर जुट मिल गुमायौँ, जनकपुर चुराट कारखाना गुमायौ, हेटैडा सिमेन्ट उद्योग गुमायौँ । हामीले धेरै कलकारखाना नदि नाला गुमायौँ तर जनताले विकास, परिवर्तन र क्रान्तिका आशाहरु कहिले पनि गुमाएनन् ।
anjan-kc-e1500207761122
लेखक
पहिलो संविधानसभाको चुनावमा माओवादीलाई पहिलो पार्टी बनाए । दोस्रो संविधानसभाको चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाए भने २०७४ सालको स्थानीय निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाए । जनता विकल्प खोजी रहेका छन तर विकल्प भनेर कसैले उभिन सकेनन् । देश अहिले भएभित र दर्दनाक अवस्थामा उभिएको छ । देशले नयाँ विकल्प खोजी रहेको छ । रुकुम , रोल्पा, जुम्ला, डोल्पा, बझाङका जनताले अझै पनि सिटामोल पाईरहेका छैनन् । एक छाक भात खान पाएका छैनन् तर हाम्रो देशका प्रधानमन्त्री, मन्त्रीहरु भने उपचारको नाममा अमेरिका, बेलायत, थाइल्याण्ड धाईरहेका छन् । अहिले देशको अवस्था विकराल बन्दै गईरहेको छ । देशको कुरा कुनै दिन गरौंला ।
अब म देशको राजधानी काठमाण्डौँ महानगरपालिकाको केहि कुरा लेख्दैछु । केहि महिना अगाडी काठमाण्डौँ नगरपालिकालाई हर्न मुक्त क्षेत्र बनाउने भनेर घाषणा गरियो । दिनप्रतिदिन सवारी साधनको चापले गर्दा भईरहेको ध्वनी प्रदुषण नियन्त्रणका लागि यो एउटा आफैमा राम्रो विकल्प थियो । तर काठमाण्डौँका साँघुरा सडक कमजोर ट्राफिक ब्यवस्था र विना पुर्वाधारको योजना भनेर चौतफी विरोध भयो । साच्चिकै हेर्ने हो भने काठमाण्डौँको सडकको अपस्था निकै नै नाजुक छ । मेयर साब तपाईको स्मार्टफोन किनेर स्मार्ट चर्पी र स्मार्ट सिटी बनाउने योजना सभाग्रिहभित्रबाट घोषणा गर्दै गर्दा असार ३० गते शुक्रबार दिउँसो अविरल बर्षापछि काठमाडाैंका सडक भने ढलहरुको पानी मिसिएर साच्चिकै विश्वका अनौठा स्मार्ट चर्पी बने । शुक्रबार काठमाण्डौँका सडक र ढलका नालीहरु छुट्याउनै नसकिने अवस्थामा थिए । केहि दिनअघि ३ कक्षामा अध्ययनरत विनिता फुयाललार्इ ढलले नै निल्यो । व्यवस्थित ढल निकास नहुनाले काठमाडाैंका अधिकांश स्थानहरु जलमग्न बने भने सामाखुसी पनि पुरै जलमग्न भयो । स्कुलबाट घर फर्किदै गरेकी एक बालिका सत्या सापकोटा सडक र ढलको नाली छुट्याउन नसकेर नालीमा पसिन र झण्डै ५० मिटर जति तल नालीभित्रबाटै वग्दै गर्दा उद्दार गरियो ।
मेयर साब,
काठमाडाैं महानगरपालिकाको कस्तो अवस्थाका माझ तपाईले अघि सारेको स्मार्ट सिटीको अबधारणामाथि प्रश्न उठेको छ । मेयर ज्यू स्मार्ट सिटीको अबधारणा घोषणा गर्नुपुर्व तपाईले काठमाडाैं महानगरका गल्ली गल्लीमा पैदल यात्रा गरी समस्या केलाउनुपर्ने जरुरी देखिन्छ नत्र तपाईको स्मार्ट सिटीप्रति जनताले औला उठाउने छन् । मेयर ज्यु काठमाण्डौँ महानगरमा स्मार्ट सिटीको अबधारणाभन्दा पहिले धैरै कुराको समाधान गर्नुपर्ने देखिन्छ । पहिले सडक सडकका खाल्डाहरु पुर्नुहोस् पैदल यात्रुका लागि सडका पेटी लागाएर वृक्षारोपन गर्नुहोस्, फुटपाथहरु व्यवस्थित गर्नुहोस्, सडक सडकको दुर्गन्ध र फोहोर व्यवस्थापन गर्नुहोस्, महानगरका सवारीचापको व्यवस्थापन गर्नृहोस् अनि मात्र स्मार्ट सिटीमा प्रवेश गर्नुहोस् । मेयर साब तपाई जनताको प्रतिनिधी हो त्यसैले पार्टीको गुलाम होईन जनताको गुलाम भएर काम गर्नुहोस् । असम्भब कमि केहिको छैन । कमि छ त केवल गर्छु भन्ने चाहनाको । अहिले दिनहु विकास निमार्णको नाममा १० र्आै अर्व रकम फालाफाल भैरहेको छ । वजेट सिध्याउने खेल चलिरहेको छ । विषेशगरि वजेट सिध्याउनको लागि आर्थिक बर्षको अन्त्यतिर वजेट विनियोजित हुन्छ । अब यसरी बन्ने सडक कति कमजोर होलान् अनि कति वर्ष टिक्लान त्यसैले मेयर साब आजैबाट सडक विभागसँग परामर्श गर्नुहोस । विकास निमार्ण र सडक मर्मत गर्ने काममा वजेट सिध्याउने खेल नहोस् । त्यसैले अग्रसर हुनुुहोस् विकास निर्माणका काममा निगरानी राख्नुहोस् अनि मात्र स्मार्ट सिटीको अबधारणाले पुर्णता पाउने छ । नत्र तपार्इको स्मार्ट सिटि अबधारणाले तपाइलार्इ गिज्यजउनेछ । राजधानीकै सडकले निलेको बिनिता फुँयालहरूको अाँशुले पक्कै पोल्नेछ । झुठा आश्वासन दिने काम तत्काल बन्द गर्नुहोस् ।                                                                                     (अन्जन के.सी)
 कर्णाली प्रदेश, बाँफिकोट गाउँपालिका-०८, रुकुम,नेपाल
साउन १ गते, २०७४ - १८:०९ मा  khabardabali.com मा  प्रकाशित

No comments