कमै संख्यामा बिधार्थी पास हुने रुकुमको दुर्गम गा.बि.स. दुलिको श्री नेपाल राष्ट्रिय मा.बि. बाट बि.स.२०६९ सालको एस एल सी मा मेरो एक्लो प्रथम श्रेणीको सफलता मेरो पहिलो सफलता हो । तर यो मैले सोचेको जस्तो सफता भने होइन । एस एल सी प्ररिक्षाको लागि राम्रो तयारी हुदै थियो। प्ररिक्षाकै तयारी भैरहेकै समयमा बि.स २०६९ साल पौष १३ मा विचार र सिधान्तको भन्दा हत्या हिंसाको राजनीति वकालत गरेको ने.क.पा. माओवादीबाट मेरो बुवाको अपहरण भयो र पौष १६ गते एउटा जंगलमा लिएर हत्या गरियो ।रास्ट्रियता, लोकतन्त्र र समाजबाद जस्ता बिचारलाई अंगाली नेपाली राजनीतिमा हुमिनु भयको मेरो बुवा निरन्तर नेपाली कांग्रेसमा लागेर काम गर्नुभयो कसैको धाक, धम्कीबाट बिचलित नभई दह्रो विश्वास र आटका साथ सधै स्वतन्त्रा र स्वधिताताको पक्षमा उभिनुभयो निरंकुस पंच्यायति ब्यवस्था अन्त्य गराउन बि.स २०३६ सालको आन्दोलन, संगै २०३६ सालमै बहुदल र निर्दल बिचको जनमत सङ्ग्रह, प्रजातान्त्र प्राप्तिका लागि भयको बि.स.२०४७ सालको आन्दोलन , २०६२/२०६३ को एतिहासिक आन्दोलनमा समेत अग्रेणी भूमिका निर्बाह गर्नुभयो निरंकुश पंचायती शासक र हत्या,हिंसा र बन्कुकको गोलीबाटनै सासन गर्न खोज्ने माओवादी शासकको घोर दमन र कठोर यातनाका बाबजुद कहिले पनि संघर्सको मैदान छाड्नु भएन माओबादीले बारम्बार अपहरण , यातना त कहिले पैसा अशुल्न लाग्यो त कहिले आफैलाई खाल्डो खन्न लगायर खाल्डोमा राख्यो कतिसम्मको अत्याचार तर पनि आफ्नो विचार र सिद्धान्त बदल्नुभएन कहिले भारत त कहिले घरभित्रै दिशा पिसाब त कहिले भूमिगत नै हुनुपर्ने स्थिति आयो तर बि.स. २०६९ साल पुष १३ गते अपहरण गरि बन्दक बनाएर राखियो र पुष १६ गते एउटा जंगलमा लिएर हत्या गरियो त्यसपछी सोचेजस्तो तयारी हुन सकेन । त्यति मात्र नभई प्ररिक्षा केन्द्रमा समेत अवरोध गरियो । त्यको बाबजुद पनि ६५ % प्रतिशत प्राप्त गरि रुकुमको दुर्गम गा.बि.स. दुलिको श्री नेपाल राष्ट्रिय मा.बि. बाट दिदि अन्जना के.सी संगै एस एल सी प्ररिक्षा प्रथम श्रेणीमा उतीर्ण गरियो ।।।
Subscribe to:
Post Comments
(
Atom
)
No comments