न्यु अपडेट

मनै त हो ठूलो


मनै त हो ठूलो, नगर भो सुनको कुरा ।
खाँचो छ यहाँ, भरे खाने नुनको कुरा ।।

न शुर भो न ताल, गोलमाल भो सबै ।
नगर भो त्यो, संगीतको धुनको कुरा ।।

पृथ्वी मात्र हैन, हाम्रै हो पूरै ब्रह्माण्ड ।
नगरौं त्यति सानो, त्यो जूनको कुरा ।।

स्वार्थी छन् सबै, वरिपरि जतासुकै ।
नगरौं फेरि यहाँ, त्यही गुनको कुरा ।।

बस्नुपर्छ मिलिजुली, दाजुभाइ सबै ।
बिर्सनुपर्छ सबैले, त्यो खुनको कुरा ।। 

No comments