न्यु अपडेट

भन्छन लेखेको लेखान्त भोग्नै पर्छ

भन्छन लेखेको लेखान्त भोग्नै पर्छ मैले!
जिवन कठिन मोडमा मोड्नै पर्छ मैले!!

पिडाको रापले जती तताउछ जिन्दगी !
शुद्धता बढी त्यही मिल्छ, सोच्नै पर्छ मैले!!

हिसाब पिडाको जोख्न जब हुन्छ कतै!
एकै शुत्र सफलताको घोक्नै पर्छ मैले!!

असह्य कष्ठ भोगी ज्योती छर्नु छ धेरै!
बाल्न आगो यहाँ खरानी छोड्नै पर्छ मैले!!

लक्ष्य एक उहि मुक्ती ध्वजा फहराउन !
ब्यबधान सारा जन्जिर तोड्नै पर्छ मैले !

No comments