न्यु अपडेट

तपाइको जीवन सधै होलीको रंगजस्तै रंगियोस र हर्स-उल्लासका साथ अगाडी बढोस यहि मेरो रंगको पर्व होलीको शुभकामना।।।


रंगको पर्व होलीको पावन अबसरमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा-बुवा दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । जहाँ जस्तो अवस्थामा भय पनि रंगको पर्व होलि रमाईलो गरेर मनाउनुहोला साथि-संगी मिलेर एक आपसमा रंग दलेर मनाउनुहोला । घरदेखि टाढा हुनुहुन्छ वा बिदेशी भूमिमा हुनुहुन्छ भने पनि सबै साथि-संगी भेला भएर रमाइलो सग मनाउनुहोला होलीले कसैलाई पनि असुरक्षाका घीनलाग्दा र टीठलाग्दा रँगहरुले बिरुप पारेर नजाओस् । मानिसका आँगनमा खै कुन्नि कसरी आउँछ, तर हरेक मनमा होली सद्भावको रङ्ग बनेर आओस्, आतँक बनेर नछाओस्, होलीले हामीमा उमँगको पँख फिँजाओस्, असुरक्षाको शंख नफुकोस् । रँगहरुले मानिसलाई रँगिन सिकाओस्, रँगाउन सिकाओस्, नाङ्गिन नसिकाओस् । नङ्ग्याउन नसिकाओस् ।तपाइको जीवन सधै होलीको रंगजस्तै रंगियोस र हर्स-उल्लासक साथ अगाडी बढोस यहि मेरो शुभकामना




उसैलाई मात्र रँगाउनुस् जो रँगिन चाहन्छ । उसैलाई मात्र भिजाउनुस्, जो भिज्न चाहन्छ । किनकि रङ्ग सबैलाई मन नपर्न सक्छ । भिज्न हरकोही तयार नहुन सक्छ । अथवा रङ्ग मन परेपनि, कसैलाई रँगाउने हातहरु मन नपरिरहेको हुन सक्छ । भिज्न मन लागेपनि भिजाउने मन सङ्लो नपाएर भिज्नुभन्दा रुख्खा सुख्खा नै बस्न मन लागिरहेको हुन सक्छ । एउटाको लागि उल्लास र रमाइलो बनेको होली अर्कोको लागि घाइते बनाउने गोली साबित नहोस् । उसैसित मात्र होली खेल्नुस्, जो तपाइँको साथमा रमाउँछ । होलीमा मायाप्रीति देखाउँ, विकृति नफिजाउँ । 
आफूले दलेको रँग आफूसम्म फिर्ता आयो भने रँगिएको पनि सार्थक हुन्छ, रँगाएको पनि अर्थ हुन्छ ।

No comments